सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ९ भदौ । बैंकको मिति २०७६÷०५÷०९ मा बसेको संचालक समितिको ३०८औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरि बैंकले आफ्ना सम्पूर्ण शेयरधनी महानुभावहरुलाई आ.व. २०७५÷७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रु. १,००,४५,२७,७७३/- नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५,११,३१,९४३÷– बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

प्रतिक्रिया दिनुहोस्