सनराइज बैंकको १२१ औं शाखा मध्ये बानेश्वरमा संचालन

काठमाडौं, ९ भदौ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले काठमाडौंको मुटु मानिने मध्य बानेश्वरमा १२१ औं शाखा सञ्चालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष राम कुमार के.सी. र सञ्चालक शारदा शर्मा पुडासैनीले बैंकको एटिएम काउण्टरको उद्घाटन गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष मोतिलाल दुगडले सनराइज बैंकले अन्य क्षेत्रका साथै कृषकलाई सेवा दिने उदेश्यकासाथ आएको बताउँदै बैंकको सेवा सुविधालाई अधिकतम प्रयोग गर्न आग्रह सबैलाई आग्रह गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्माले सूर्य सधैं उदाई रहे जस्तै यो बैंक पनि सदा उदाई रहने बताउँदै नेपाल कृषि प्रधान देश भएकाले अन्य क्षेत्रका साथै कृषि क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य रहेको बताए । दुरदराज र बैंकको पहुँचभन्दा बाहिर रहेका किसानहरुलाई समेटी उनीहरुको व्यवसायमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साना तथा मझौला व्यवसायी एवं किसानको घरदैलोमा पुगी उनीहरुलाई आवश्यक परामर्श, बैंकको सेवा सुविधा, बैकिङ्ग प्रणालीमा कारोबार र बचतको बानी बसाल्न सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै जाने बताए । बैंकले समयसापेक्ष्य सेवा सुविधाहरु थप्दै जाने र ग्राहकलाई आफूलाई उपयुक्त खालको सेवा लिन पनि कार्यकारी शर्माले आग्रह गरे ।

बैंकले १२१ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्