अमेजन जंगलमा भिषण आगलागी ,नियन्त्रणका लागि सेना परिचानल
काठमाडौं , भदौ ७ । ब्राजिलको अमेजन जंगलमा भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ ।
यसअघि अमेजन जंगलमा लागेको आगो नियन्त्रण नभएसम्म फ्रान्स र आयरल्याण्डले ब्राजिलसँगको व्यापारीक सम्बन्ध तोड्ने सचेतावनीसमेत दिएका थिए ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलका राष्ट्रपतिले जलवायू परिवर्तनबारे आफूसँग झुट बोलेको प्रतिक्रिया दिनुभएको समाचारमा जनाइएको छ ।
विश्व समुदायले चिन्ता व्यक्त गरिरहेका बेला आगो भने नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रणका लागि ठोष कदम नचालेको भन्दै वातावरण संरक्षण अभियानताहरुले ब्राजिलका विभिन्न शहरमा प्रदर्शनसमेत गरेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्