गठवन्धनका दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौं । एउटै कम्यूनिष्ट पार्टी निर्माण गर्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु आन्तरीक छलफलमा जुटेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता र माओवादी अध्यक्ष पुष्पकमल दाहालको औपचारीक कार्यक्रमको व्यस्थताले शिर्ष नेताहरुविच छलफल हुन नसकिरहेकै समयमा दोस्रो तहका नेताहरुले छलफल गर्न लागेका हुन । नेकपा एमालेका नेता योगेश भटराई, वामदेव गौतम तथा माओवादी केन्द्रका नेता कृष्णवहादुर महरा, वर्षमान पुन, रामवहादुर थापा लगाएतका नेताहरुले नयाँ सरकार निर्माण, पार्टी एकता लगाएतका विषयमा खाका तयार पार्न जुटेका हुन ।

पार्टी एकताको औपचारी घोषणा गरेको लामो समय वितिसक्दा पनि दुइ पार्टीका शिर्ष नेताहरु विच औपचारीक छलफल हुन सकेको छैन । पार्टी एकिकरणका लागि भन्दै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघिनै निर्माण भएको एकता संयोजन समितिको वैठक पनि वस्न सकेको छैन ।

एउटै पार्टी निर्माणको अवधारणा सहित चुनाव लडेका कम्यूनिष्ट घटकमा पार्टीको नेतृत्व, नयाँ सरकारको नेतृत्व, दोस्रो पुस्ताका नेताहरुको व्यवस्थापन लगाएतका पेचिला विषय टुङग्याउन सकस परेको छ । यिनै विषयका सहजता ल्याउन आफुहरु छलफलमा जुटेको एमाले नेता योगेस भटराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्