एनआइसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ, भदौ ६ । एनआइसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच डिजिटल माध्यमबाट सुविधा लिन सक्ने सम्झौता भएको छ।

बैंकको डिजिटल च्यानल मार्फत इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्सका ग्राहहरुले एनआइसी एशियाको मोबाइल बैंकिङ्ग लगायत एनसीएच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्