पाकिस्तानी प्रधानमन्त्री खानले भने- भारतसँग वार्ताको औचित्य छैन

काठमाडौं, भदौ ६ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीरको विषयमा अब भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

उनले काश्मीरको विषयलाई लिएर दुवै परमाणु शक्तिसम्पन्न देशबीच सैन्य टकरावको खतरा बढेको पनि बताए ।

न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानीका लागि धेरै पटक कोसिस गरेको तर मोदीले बेवास्ता गरेको बताएका छन् ।

उनले भने, ‘मैले धेरै पटक कोसिस गरेँ तर मोदीले कुनै वास्ता गरेनन्, त्यसैले अब वार्ता गर्नुको कुनै औचित्य छैन। म अब योभन्दा बढी केही गर्न सक्दिनँ ।

प्रतिक्रिया दिनुहोस्