कुमारी बैंक र ओम समाज डेन्टल हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

काठमाडौं, भदौ ५। कुमारी बैंक लिमिटेड र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राईभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसंगै अब ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्