कामना सेवा विकास बैंक र एन पे बीच सम्झौता

काठमाडौं, भदौ ५ । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरु https://npay.com.np/npay_merchants/ मा गई हेर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्