साफ यू-१५ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल भारतसँग पराजित
काठमाण्डौ , भदौ ४ । साफ यु–१५ फुटबल च्याम्पियनसिपमा नेपालल उपाधिको दावेदार आयोजक भारतसँग फराकिलो हार बेहोरेको छ ।
भारतको कल्याणीमा बुधबारबाट शुरु भएको साफ यु–१५ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा भारतसँग ४–० को भारी अन्तरले पराजित भएको हो ।
भारतको कल्याणीमा भएको खेलमा सुरुवातदेखि नै नेपालमाथि हावी भएको भारतले छैटौं मिनेटमा पहिलो गोल गरेको हो ।
उसका लागि महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए । खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा फेरि अर्को गोल बेर्होयो, उसका लागि मजुम्दारले गोल गर्न सफल भए ।
पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो । ५० औं मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल र्गयो । उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई चार शून्यको अग्रतामा र्पुयाए ।
खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल गर्न सफल भयो । नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन ।
अब नेपालले शुक्रबार श्रीलंकासँग खेल्दैछ । त्यसपछि २७ अगस्टमा बंगलादेश र २९ अगस्टमा भुटानसँग खेल्नेछ । ५ राष्ट्र सहभागी साफमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस्