कश्मीर विवादबारे ट्रम्पले गरे मोदी र खानलाई टेलिफोन , भने यस्तो
काठमाडौं, भदौ ३। पछिल्लो समय कश्मीको विषयलाई लिएर भारत र पाकिस्तानमा विवाद बढेको छ । यति सम्म मात्र होइन पाकिस्तानले भारतका विज्ञापन तथा अन्यमा प्रतिबन्ध समेत लगाएको छ ।
यसैबिच यहि विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री नेन्द्र मोदीसँग टेलिफोन माफर्त कुराकानी गरेका छन् ।
उनले टेलिफोन वार्ता गरेको कुरा ट्वीटरमार्फत पनि सार्वजनिक गरेका थिए । ट्रम्पले आफ्ना दुई ‘असल मित्र’सँग कुरा गरेको उल्लेख गरेका थिए ।
मोदीसँग कुरा गरेपछि पाकिस्तानी प्रधानमन्त्री खानसँग कुरा गरेका हुन् । उनले कश्मीरमा भएको तनाब कम गर्नेबारे कुराकानी गरेको जनाएका थिए ।
मोदीसँग भने ३० मिनेटजति फोनमा कुराकानी भएको बताइएको छ । भारतीय मिडियाका अनुसार मोदीले सीमा पारी आतंकवाद रोक्न जरुरी रहेको बताएका थिए ।
ट्रम्पले अफगानिस्तान मामिलाबारे पनि कुराकानी गरेको भारतीय मिडियाले जनाएका छन् । ट्रम्पले यसअघि नै कश्मीर विवादको मध्यस्तता गर्न आफू तयार रहेको बताउँदैआएका थिए ।
प्रतिक्रिया दिनुहोस्