धनगढीमा प्रदेशकै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने
काठमाडौं, भदौ ३ । सुदुरपश्चिमेलीहरुको महानपर्ब गौराको अबसरमा धनगढीमा प्रदेशकै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ ।
धनगढी स्थित वैंक तथावित्तिय संस्थाहरुको टीमले सहभागीताजनाउने धनगढी फुटसल लिग गौरा पर्वको दिन भदौ ६ गते देखि सुरु हुने छ ।
फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा नेपालआईस धनगढी फुटसल लिग हुने भएको हो ।
धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले झण्डै ८० हजार नगद प्रतियोगिताको धनराशी रहेको जानकारी दिईएको छ ।
धनगढी फुटसल लिगको अवधारणा अनुसार पहिलो श्रृंखला अन्तर्गत वैक तथावित्तिय संस्थाहरुको टीम बीच धनगढी फुटसल लिग हुन लागेको आयोजक फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनका अध्यक्ष आशिष शाहले जानकारी दिए ।
सार्वजनिक विदाका दिनहरुमा खेलाईने यो लिगको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्रपाउनेछ । उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्रपाउनेछ ।
त्यसैगरी विभिन्न विधाका उत्कृष्टहरुले पनिनगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
वैंकर्स क्लब धनगढीको समन्वयमा हुने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ ।
प्रतियोगितालाई सिजीबु्रधरी नेपालको उत्पादन नेपालआईसले मुख्यप्रायोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्