नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाद्धारा बाढिपिडत प्रभावित सदस्यलाई राहत वितरण

काठमाडौं, १ भदौ । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढिले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपहि, सन्तपुर, हरीपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर,जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरीगरि ११ वटा शाखा कार्यालयका कुल १२०० जना घरपरिवारलाई २५ लाख बराबरको जनही १ बोरा चामल, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १किलो, दालमोठ १ प्याकेटका दरले बितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रम प्रदेश र स्थानिय स्तरका जनप्रतिनिधी, समाजसेवी, राजनीतिककर्मी, सुरक्षा निकायको रोहवरमा राहत वितरण गरिएको थियो ।
संस्थाको सेवा हाल सातौ प्रदेशमा ५० वटा शाखा कार्यालय मार्फत ८० हजार सदस्य, लगानीमा रहेको कर्जा ३ अर्ब ७५ करोड र बचत १ अर्ब २८ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्