विवाह समारोहमा बम विष्फोटः ६३ जना मारिए, १८० घाइते
काठमाडौं, भदौं १ । विवाह समारोहमा बम विष्फोटः ६३ जना मारिएका छन् ।अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइँदा कम्तिमा ६३ जना मारिएका त्यहाँका सञ्चारमाध्यामले जनाएका छन् ।
शिया मुस्लिमहरुको बाहुल्य रहेको उक्त क्षेत्रमा गराइएको विष्फोटमा परीस १ य ८० जना घाइते भएका छन् । पछिल्लो घटनाले अफ्गानिस्तानमा जारी शान्ति वार्ताको भविष्यमाथि नैं प्रश्न खडा गरेको छ ।
१० दिनअघि एक प्रहरी चौकीमा भएको आक्रमणमा १४ जना मारिएका थिए भने एक सय ५० भन्दा बढी घाइते भएका थिए । उक्त हमलाको जिम्मा तालिवानी लडाकू समूहले लिएको थियो ।
अफगानिस्तानमा अमेरिका र तालीवानी बिद्रोहीबीच युद्धबिरामका लागि वार्ता चलिरहेकै बेला आतंकबादी हमलाका श्रृंखला रोकिएका छैनन् ।
पछिल्लो समय तालिवान र इस्लामिक लडाकू समूहसहित सुन्नी मुसलमानहरुले इराकका अल्पसंख्यक मुसलमानहरुमाथि श्रृंखलावद्ध रुपमा हमला गर्दै आएका छन् । हमलामा कतिपय ज्यान जाने गरेको छ भने कयौँ घाइते हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्