मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, उपहार अभियान सञ्चालन, प्रथम उपहार स्कुटर

काठमाडौं, १ भदौ । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत तोकिएको अवधि भित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनु हुने वाकुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पूर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न७६ पुरस्कारहरु वितरण भएको छ ।

७६ पुरस्कारहरु मध्ये २५ जनालाई व्लुतुथ स्पिकर, , २० जनालाई पैसर कुकुर, १५ जनालाई स्मार्ट मोवाइृल सेट, ७ जनालाइ ३२ इन्चको एचडि टिभि, ५ जनालाई २०० लिटरको ३ जनालाई ल्यापटप, १जनालाई स्कुटर वितरण गरिनेछ । भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको फसबुकपेज मार्फत प्रत्यक्ष प्रसारण गरिने बैंकले जनाएको छ । बैंकले यस अभियानबाट अत्याधिक विप्रेशण कारोबार गर्ने लक्ष्य राखेको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमाआवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्