पहिलो मैत्रीपूर्ण भलिबल : अफगानिस्थानविरुद्ध नेपालको सहज जित

काठमाडौं । , साउन २९ । पहिलो मैत्रीपूर्ण भलिबल खेलमा अफगानिस्थानविरुद्ध नेपालले जित निकालेको छ ।

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोलीले अफगानिस्तानविरुद्ध भएको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको हो ।

बुधबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा नेपालले ३(२ सेटको जित निकालेको हो ।

पहिलो सेट २५(२२ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–१७ को जित निकाल्यो । निकै नै रोमाञ्चक खेलको तेस्रो सेटमा पुनः अफगानिस्तानले २५(२३ को जित निकाल्न सफल भयो ।

अन्तिम सेटमा भने नेपाल बलियो सावित भयो । नेपालले अन्तिम सेटमा आक्रमक बन्दै नेपालले १५(१३ को जित हात पार्न सफल भएको हो ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्कि्िमनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्