एनआईसी एशिया रेमिटले ल्यायो चाडपर्व लक्षित विभिन्न उपहार योजना

काठमाडौं, साउन २९ । एनआईसी एशिया बैंकले चाडपर्व लक्षित विभिन्न उपहार योजना संचालनमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको हो । यो योजना २०७६ साल भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुने भएको छ ।

यस योजनाअन्तर्गत अब एन आई सी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।


बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त ग्राहक महानुभावहरुलाई एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको छ ।

उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्