मेगा बैंक ९२ प्रतिशतले वितरणयोग्य मुनाफा आर्जन गर्न सफल

काठमाडौं, साउन २९ । मेगा बैंक नेपाल लिमिटेड ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्धि गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।


अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा भने ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न सफल भएको बैंकले जनाएको छ ।
बैंकले हासिल गरेको यो मुनाफा ३०.५१ प्रतिशतको वृद्घि हो । बैंकले वितरणयोग्य मुनाफामा भने उल्लेख्य वृद्वि गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ९२ प्रतिशतले वितरणयोग्य मुनाफा वृद्वि गर्न बैंक सफल भएको छ ।

आषाढ मसान्त २०७५ को तुलनामा २०७६ आषाढ मसान्तमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि वाणिज्य बैंकहरुमध्ये कै उच्चतम वृद्वि रहेको छ ।

त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले वृद्धि भई ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन २७.०३ प्रतिशतको वृद्धि हो ।

हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, १०३ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २,५०० भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

निकट भविष्यमै थप नयाँ शाखा एवं काउन्टरहरु ल्याउने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्