सिटिजन्सद्वारा भि. एस. निकेतन स्कूलमा ए.टि.एम सञ्चालन

काठमाडौं, साउन २८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भि. एस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राजपोखरेल तथा भि. एस. निकेतनका श्री उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गर्नुभएको हो । यसले गर्दा स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गते देखि २०औं वाणिज्य बैंककोरुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७८ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्नुका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो रूपमा सम्पाद गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्