एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने, प्रस्ताव साधारण सभाबाट सर्वसम्मतीले पारित

काठमाडौं, साउन २८ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने सहमति भएको छ ।

एनएमबि बैंकको साधारण सभाले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव पारित गरे संगै मर्ज हुने भएको हो ।

बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड गाभ्न साधारण सभामा पेश गरेको प्रस्ताव साधारण सभाबाट सर्वसम्मतीले पारित भएको हो ।

एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ ।

जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जर पश्चात एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब पुग्नेछ ।

मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको संबद्र्धन गरी वित्तीय क्षेत्रको स्थायित्वको लागि निक्षेपकर्ता तथा लगानीकर्ताहरुको हितको संरक्षण गर्न दुई बैंक एक आपसमा गाभिन लागेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्