सिटिजन्स बैंकद्वारा भिएस निकेतन स्कूलमा एटीएम सञ्चालन

काठमाडौं, साउन २८ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भिएस निकेतन स्कूलमा एटीएम सेवा शुभारम्भ गरी संचालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटीएम सेवाको उद्घाटन गरेका छन् ।

यसले गर्दा स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । समयमा सेवाग्राहीले सेवा नपाउदा अब भने सहजैले सेवा पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्