अर्जेन्टिनालाई विश्वकप जिताउने जोसे लुइस ब्राउनको निधन

काठमाडौं, साउन २८ । अर्जेन्टिनालाई विश्वकप जिताउने जोसे लुइस ब्राउनको ६२ वर्षको उमेरमा निधन भएको छ ।

अल्बिसेलेस्टका पूर्व मिडफिल्डर ब्राउन अल्जाइमर्स रोगबाट ग्रसित थिए । ब्रोनलाई अर्जे्न्टिनी फुटबलमा टाटा को नामले चिनिन्छ ।

उनले अर्जे्न्टिनाको लागि ३६ खेल खेलेका छन् । सन् १९८६ को विश्वकपबाट चर्चित भएका थिए ।

उनले देशको लागि पहिलो गोल जर्मनीको विरुद्धको खेलमा गरेका थिए । १९८६ को विश्वकप फाइनलमा अर्जे्न्टिनाले जर्म्निलाई ३(२ ले गर्दै उपाधि जितेको थियो ।

त्यस खेलमा ब्राउनले अर्जे्न्टिनी खेलाडी फोलक्लोरको स्थानमा मैदान प्रवेश गर्दै देशलाई उपाधि जिताउनका लागि गोल गरेका थिए ।

जोसे लुइस ब्राउनले सन् २००७ देखि २००९ सम्म अर्जे्न्टिनाको यू(१७ टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्