मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग

काठमाडौं, साउन २८ । मेगा बैंकले नेपाल प्रहरीलाई डायरी सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई पाँच हजार थान डायरी मेगा बैंक नेपाल लिमिटेडले सहयोग गरेको हो ।

उक्त पाँच हजार थान पकेट डायरी मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाइ हस्तान्तरण गरेकी हुन् ।


शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग जनाएको छ ।

डिएसपी घिमिरेले यसरी मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दैे बैंकलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्