राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले मानेन ।

उनले ट्वीटरमा जनाए अनुसार उनी क्यारेबियन प्रिमियर लिग खेल्नको लागि अमेरिका जान मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । उनको भनाइमा सम्पुर्ण कागजात पेश गर्दागर्दै पनि मलाई भिसा नदिएकोमा आफु अचम्ममा परेको सन्दीपले उल्लेख गरेका छन् ।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान समेत गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन् । यसअघि सन्दीपले विभिन्न इन्डियन प्रिमियर लिग देखि लिएर संसारभरका थुप्रै चर्चित क्रिकेट लिगहरु खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्