कामना सेवाद्धारा विद्यार्थीहरुलाई झोला वितरण, सहयोगको साथै चेक हस्तान्तरण

काठमाडौं, २७ साउन । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत, रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुलका विद्यार्थीहरुलाई झोला वितरण गरेका गर्नु भएको हो । त्यस्तै बैंकले सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई बैंकका भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले रु. २५,००० को चेक हस्तान्तरण गर्नु भएको छ ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक शारदा आङ्देम्बेलाई रु. ९,६०७ र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई रु. ६७,८१९ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्