पोखराको बुढीबजारमा सनराइज बैंकको १२०औं शाखा संचालन

काठमाडौं, २७ साउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन कार्यलाई तिब्रता दिएको छ । यसै क्रममा बैंकले पोखराको बुढीबजारमा १२०औं शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जि.सी र सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालय तथा ए.टि.एम.को उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा एटिएम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थपशाखाहरु संचाल नगर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्