सनराईज बैंकको तम्घास, कुश्मा र सानागाउँमा एकै दिनमा २ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चान

काठमाडौं, २६ साउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले तम्घासमा ११८ औं शाखा, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर एकैदिन संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा ए.टि.एम् को उद्घाटन गर्नुभयो, भने गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त
रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । सोही दिन ललितपुर महानगरपालिका स्थित सानागाउँमा पनि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सवेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रमहरmमा बैंकका अन्य पदाधिकारीहरु को पनि उपस्थिति रहेको थियो ।

हालसम्म बैंकले ११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा
हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्