सिभिल बैंकको शाखा पाँचथरको रविमा पनि खुल्यो

काठमाठौं २४ साउन । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले पाँचथर जिल्लाको रविमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गर्नुभको हो ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्