त्रिशूलीमा बस खस्यो, ४ जनाको मृत्यु, १४ घाइते , उद्धार जारी

काठमाडौं, साउन २४ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते १२ जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्