कुपण्डोलमा सनराइज बैंकको ११७औंशाखा संचालनमा

काठमाडौं, २३ सउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले कुपण्डोलमा ११७औँ शाखा संचालनमा ल्याएको छ ।

बिहिबार आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा संचालक समितिका सदस्यहरु शारदा शर्मा पुडासैनी, ओम कृष्ण जोशी तथा सन्राइज बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्यालका साथै बैंकका अन्यपदाधिकारीहरmको पनिउपस्थिति रहेको थियो ।

हालसम्म बैंकले ११७ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्