टि–ट्वान्टी वरीयतामा पारसले फड्को मारे, भए धोनीभन्दा अघि

काठमाडौं, साउन २२ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टि–ट्वान्टी वरीयतामा फड्को मारेका छन् ।

टि–ट्वान्टी वरीयतामा पारस धोनीभन्दा माथिल्लो स्थानमा पर्न सफल भएका छन् ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा पारस २५ औँ स्थानमा रहेका छन् । उनले ९० अंक पाउँदै करियरकै ठूलो वरीयतामा परेका हुन् ।

बुधबार सार्वजनिक नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्य दुई खेलाडी पनि परेका छन् । कप्तान पारससहित सोमपाल कामी र वसन्त रेग्मी पनि यसमा पर्न सफल भएका हुन् ।

अलराउण्डरतर्फ पारसले भारतका हार्दिक पाण्ड्या, अफगानिस्तानका राशिद खान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेस्ट इन्डिजका आन्द्रे रसेल, इङ्ल्यान्डका बेन स्टोक्सलाई पछि पारेका हुन् । अलराउण्डरतर्फ सोमपाल ४९ अंक बटुल्दै ६६ औं स्थानमा छन् ।

ब्याटिङतर्फ पारसले भारतका महेन्द्र सिंह धोनीलाई पछि पारेका छन् । पारस वेस्ट इन्डिजका क्रिस गेल भन्दा पनि अघि छन् ।

ब्याटिङतर्फ पारस ६६ औं स्थानमा छन् । यो उनको करियरकै राम्रो फड्को हो । बलिङको वरीयतामा वसन्त र सोमपाल क्रमशः ७१ औं र ७८ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्