कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौं, २१ साउन । कामना सेवाविकास बैंक लि. को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा मंगलबार साउन २१ गते देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिका उप– प्रमुख पार्वतीशाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । स्थानान्तरण भइ कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमु्ख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । यस बैंकले नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्पmत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्