झापाको हलदीबारीमा सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवानपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥र्याउँदै जाने उद्धेश्यका साथझापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेन रबैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहकाबीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभएको हो ।

सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि सर्बधन तामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो ।

हालसम्म सनराइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्