आईसीसीले अनुमति दिए नेपालले टि–ट्वान्टी खेल्ने
काठमाडौं , साउन २१ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अनुमति दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी असोजमा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
ओमान क्रिकेटको आयोजनामा ६ राष्ट्र आबद्ध टि–ट्वान्टी क्रिकेट असोज तेस्रो साता सुरु हुँदैछ ।
आईसीसीले अनुमति दिए नेपालले आयोजक ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सहभागिता जनाउन ओमानले पत्राचार गरेपनि नेपालले आईसीसीको निर्णयपछि मात्र सहभागिता निश्चित गर्नेछ । क्यान निलम्बनपछि आईसीसीले नेपालको क्रिकेट आफैं हेरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्