सिभिल बैंकको शाखा मोरङको उर्लाबारीमा पनि खुल्यो

काठमाडौं २१ साउन । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङ जिल्लाको उर्ला बारीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागोले गर्नुभयो ।

उक्तशाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यव्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

साथै उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागोद्वारा महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण पनि गर्नुभयो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खड्ग बहादुर फागोले उर्लाबारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्