विश्वकप छनोट खेल्ने नेपाली ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं , साउन २१ । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।

मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ गरी पाँच जना खेलाडीहरुलाई टिमबाट बाहिर राखेका छन् । विश्वकप छनोटमा समूह ‘बी’ मा रहेको नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।

नेपालले छनोट अन्तर्गतको पहिलो खेल सेप्टेम्बर ५ मा कुवेतसँग होम गेम खेल्ने भएको छ ।

नेपालमा रहेको एकमात्र अन्तरराष्ट्रिय दशरथ रंगशालाको पुनर्निर्माण नसकिने होम र अवे दुबै खेल कुवेतमा खेल्ने भएको हो । नेपालले अवे खेल नोभेम्बर १९ कुवेतकै घरेलु मैदानमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्