कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीको पोल्टामा

काठमाडौं, साउन २० । कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । फाइनलमा लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको हो ।


यसअघि सिटीले प्रिमियर लिग, एफए कप र लिग कपको उपाधि जितेको थियो ।


लण्डनको विम्ब्ली रंगशालामा भएको खेलमा निर्धा्रित समय एक एक गोलको बराबरीमा सकिएको थियो । १२औं मिनेटमा नै रहिम स्टर्लिङले गोल गर्दै म्यान्चेष्टर सिटीलाई अग्रता दिलाएका थिए । उनले डेविड सिल्भाको पासमा गोल गरेका थिए ।


पहिलो हाफमा सिटीले एक गोलको अग्रता कायम राख्यो । ७७औं मिनेटमा जोल माटिपले लिभरपुलका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए ।

उनले भर्जिल भ्यान डाइकको पासमा गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

पेनाल्टीमा सिटीका गोलकिपर क्लाउडियो ब्राबोले जर्जि्नियो विनाल्डमको प्रहार बचाएपछि सिटीले सिजनको चौथो उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्