सिभिल बैंकद्वारा दूर्घटना मृत्यूबीमाको दाबी रकम भुक्तानी

काठमाडौं, १९ साउन । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता”माआकर्षक ब्याजको अलावाऔषोधपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटना मृत्युमा रु.सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो । जसको लागीनिश्चित रकम खातामा राख्नै पर्ने भन्ने बाध्यता छैन ।

सिभिल बैंकले “सम्मान बचत खाता“खोल्नु भएका साहिद अलीमनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्युबीमा अन्तर्गत रु.सात लाखको चेक निजको श्रीमती नूर जहाँमनीहारलाई प्रदान गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्