सनराईज बैंकको सिमरामा शाखा बिस्तार

काठमाडौं, १९ साउन । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उदेश्यले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सिमरामा ११४औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा तथा सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जनक शर्मापौड्यालले संयुक्तहरु पमा शाखा कार्यलयको तथा जितपुर सिमरा उप– महानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले ए. टि. एम. को उद्घाटन गर्नुभयो । उतm कार्यक्रममा बैंककाअन्यपदाधिकारीहरुको पनिउपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकको शाखा संख्या ११४वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्