सुदूरपश्चिमकी वर्षाले जापानमा जितिन रजत पदक र कास्य पदक !
काठमाडौं, साउन १९ । सुदूरपश्चिमकी वर्षाले जापानमा रजत पदक जितेकी छन् । वर्षा साँउदले जापानमा रजत पदक जितेकी छन् ।
सुदूरपश्चिमकी वर्षाले एक साताको अवधिमा जापानमा जितेको यो दोस्रो पदक हो । गतसाता जापानकै तोयोका शहरमा भएको प्रतिस्पर्धामा उनले कास्य पदक पनि जितेकी थिइन् ।
सिनियर महिला कुमिते तर्फ ६१ किलोमुनिको तौल समूह अन्तर्गत भएको प्रतिस्पर्धामा साउँदले रजत पदक जितेकी हुन् ।
पहिलो चरमा बाई र दोस्रो चरणमा घरेलु खेलाडीबाट वाकओभर पाएकी वर्षाले सेमिफाइनलमा बेलायतकी तनेशा वालगेविनलाई ५–० ले हराएकी थिइन् । तर फाइनलमा डेनमार्ककी टिना स्लटसँगको प्रतिस्पर्धामा २–३ को झिनो अन्तरमा पराजित भएपछि वर्षाले रजत पदकमै चित्त बुझाउनु प(योे ।
कातातर्फ वर्षाले पाँचौ स्थान हात पारिन् । स्वर्ण पदक बिजेता जापानी खेलाडी ताकाशीमा होनामी सँग क्वार्टरफाइनलमा २–३ को अन्तरले पराजित भए पछि उनी कातामा पदक विहीन भइन् ।
प्रतिक्रिया दिनुहोस्