सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं, १७ साउन । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक न.पा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई हस्तान्तरण गरिएको हो । कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ शभाका माननिय सदस्य ससिजङ्ग थापा तथा विद्यालयका शिक्षक÷शिक्षिकाको पनि उपस्थिती थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्