महालक्ष्मी लाइफ इन्स्योरेन्सको शाखा सम्मेलन पोखरामा सम्पन्न
काठमाडौं, १५ साउन । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ ।
स्ट्राट्रेजिक बिजनेश मिट २०१९ नाम दिइएको सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रमेशकुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो ।
लर्न, पर्फम, लिड नारा सहित २ दिन सञ्चालित उक्त सम्मेलनको पहिलो दिन आव २०७६र७७ को लक्ष्य, रणनीति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो । दोस्रो दिन सम्पस्र्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराइटिङ, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो ।
कार्यक्रमको अन्तमा संचालक सुरेश सापकोटाबाट लक्ष्य पूरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो ।
२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाइफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको जनाएको छ ।
कम्पनीले चालु आवमा थप ५० वटा शाखा र उपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम बीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य लिएको सिईओ भट्टराईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्