बेवारिसे बमलाई एक यात्रीवाहाक बसको ठक्कर, ३४ जनाको मृत्यु

काठमाडौं, साउन १५ । बेवारिसे बमलाई एक यात्रीवाहाक बसले ठक्कर दिँदा ३४ जनाको मृत्यु भएको छ । बसमा यात्रु गरिरहेका कम्तीमा ३४ जनाको मृत्यु भएको हो ।

अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रीवाहक बसले ठक्कर दिँदा बसमा यात्रारत् ३४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

सुरुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।
बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

यस बम अफगानिस्तानको विद्रोही समूह तालिबानले विस्फोट गराएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्