नेपालमा ऋण विस्तार गर्नका लागि एडीबी र लक्ष्मी बैंकबीच सम्झौता

काठमाडौँ, साउन १४ । नेपालमा ऋण विस्तार गर्नका लागि लक्ष्मी बैंक र एसियाली विकास बैंक (एडीबी)बीच वित्तीय व्यापार कार्यक्रम गर्न सम्झौता भएको छ।

मंगलबार लक्ष्मी बैंकका कार्यकारी प्रमुख अजय विक्रम शाह र नेपालमा एडिबीका लागि जनसम्पर्क प्रमुख एवं रिसर्चर जनेत हाइडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।

एडिबीले नेपालमा व्यापार, कृषि, संरचना निर्माण र मेशिनरी, सोलार प्यानेल्स र कपडाका लागि ड करोड २० लाख अमेरिकी डलर रकम सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस्