अन्त्येष्टि कार्यक्रममा बोको हरामद्वारा अन्धाधुन्ध गोली प्रहार, ६५ जनाको मृत्यु
काठमाडौं, साउन १३ । नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा सहभागीहरुमाथि गोली प्रहार गर्दा केहीको मृत्यु भएको हो भने केही उनीहरुसँगको मुठभेडमा मारिएका हुन् ।
गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा बोको हराममा ११ जना कार्यकर्ताको मृत्यु भएको बदला स्वरुप आक्रमण गरिएको बोको हरामले जनाएको छ । हमलाका कारण सो गाउँका अधिकांश घर जलेका छन् ।
यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नको खोजी गर्न सेनालाई निर्देशन दिएका छन् ।
नाइजेरियामा दशकौंदेखि जारी आतंकवादी हमलामा परेर १० लाखको ज्यान गइसकेको छ ।
बोको हरामले छुट्टै राज्यको माग गर्दै नाइजेरियामा मात्रै नभई छिमेकी मुलुक चाडमा पनि हमला गर्दै आएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्