नेको इन्स्योरेन्सले १२ प्रशित बोनस पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं, १२ साउन । नेको इन्स्योरेन्स लि.ले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको साउन १० गते बसेको ३७३ औं बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भदौं १४ गते २३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभाबाट प्रस्ताव पारित भए पश्चात बोनस शेयर १२ प्रतिशत र कर प्रयोजनको लागि ०.६३ प्रतिशते नगद लाभांश बितरण गर्नेछ ।

इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले न्युनतम चुक्ता पूँजी पुर्याइसकेको छ । ब्यापार बिस्तार गर्न सहयोग होस र भविष्यमा नियमकले पूँजी बृद्धि गरेको खण्डमा पनि सहज होस भनि बोनस शेयर जारी गर्न लागेको हो । यो लाभांश वितरणपछि कम्पनी चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनको लागि इन्स्यारेन्सले भदौ ३ गते शेयर दाखिला खारेज गर्ने भएको छ । यो बोनस तथा लाभांश पाउन भदौ २ गतेसम्म शेयरधनी बनी सक्नु पर्नेेछ ।

प्रतिक्रिया दिनुहोस्