फिलिपिन्समा भूकम्प, ८ जनाको मृत्यु, ६० घाइते

काठमाडौं, साउन ११ । फिलिपिन्सको उत्तरी बतानेस प्रान्तमा दुईपटक भूकम्प जाँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । करिब ६० जना घाइते भएका छन् ।

धेरै भवन र सडकहरु भत्किएका छन् ।

स्थानीय समयअनुसार शनिबार बिहानै ५.४ र पछि ५.९ म्याग्निट्यूडको भूकम्प गएको हो ।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै सुतिरहेकाले भाग्न नपाएर केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

धेरै टापु रहेको उक्त प्रान्तमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी भने जारी गरिएको छैन ।

फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्दछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्