टेष्ट क्रिकेटबाट सन्यास लिने मोहम्मद अमिरको घोषणा

काठमाडौं , साउन १० । पाकिस्तानका मोहम्मद अमिरले अन्तरराष्ट्रिय टेष्ट क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । २७ वर्षिय बलर अमिरले आज टेष्ट करिअरबाट सन्यास लिने घोषणा गरेका हुन् ।

सन्यास घोषणा गर्दै अमिरले भनेका छन्, “मेरा लागि पाकिस्तानको प्रतिनिधित्व गर्नु सम्मानको कुरा हो । मैले पुरानो फर्म्याटबाट टाढा हुने निर्णय गरेको छु । किनकि मेरो ध्यान सेतो बलमा केन्द्रित गर्न सकुँ । पाकिस्तानका लागि खेल्नु मेरो अन्तिम इच्छा र उद्देश्य हो । म अब अर्को वर्ष हुने टि–ट्वान्टी विश्वकपको चुनौतीका लागि शारीरिक रुपमा तन्दुरुस्त गर्न लागिरहेको छु ।”

उनले ३६ टेष्ट क्रिकेट खेलेका छन् । २००९ मा श्रीलंकाविरुद्ध खेल्दै टेष्ट क्रिकेटमा डेब्यु गरेका अमिर पछिल्लो समय जनवरीमा दक्षिण अफ्रिकासँगको टेष्टमा सहभागि भएका थिए ।
अमिरले ३६ टेष्ट खेलमा १ सय १९ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्