सिंगापुरको जितसँगै टीट्वेन्टी विश्वकपको छनोटमा नेपाललाई सहज, दुई खेल जिते विश्वस्तरमा पुग्ने

काठमाडौं , साउन १० । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरले मलेसियालाई आठ विकेटले हराएको छ ।

शुक्रबर भएको खेलमा मलेसियाले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको सिंगापुरले १३.२ ओभरमा दुई विकेटको क्षतिमा ९६ रन जोड्दै पूरा गरेको हो ।

यस जितसँगै शीर्ष टोली सिंगापुरले तीन खेलबाट पाँच अंक बनाएको छ । एक खेल खेल्न बाँकी रहेको मलेसियाको दुई अंक छ ।


मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । सिंगापुरको जितले नेपालको विश्वकप छनोट सम्भावना बढेको छ । नेपालले अब शनिबार कुवेत र आइतबार सिंगापुरलाई हराएमा स्वत छनोट हुनेछ


यसैबिच टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा पहिलो खेलमै पराजित भएपछि दबाबमा आएको नेपालको विश्वस्तरको छनोटमा पुग्ने सम्भावना अब उसकै नतिजामा भरपर्ने स्थिती बनेको छ। नेपालले बाँकी दुवै खेल जिते विश्वस्तरको छनोटमा पुग्ने छ।

शुक्रबार भएको खेलमा कुवेतले कतारलाई हराएपछि नेपाललाई सहज बनेको हो।
नेपालले अब कुवेत र त्यसपछि सिंगापुरसँग खेल्ने छ। शनिबार हुने खेलमा कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ।

त्यो अवस्थामा सिंगापुर र नेपालबीच हुने खेलको विजेता विश्वस्तरको छनोटमा पुग्ने छ।

पाँच टोली सहभागी एसियाली छनोटबाट एक टोलीमात्र विश्वस्तरको छनोटमा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्