उन्नति र सहकार्यबीच भयो मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर, पुसभित्र एकीकृत कारोबार

काठमाडौं, साउन १० । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र सहकार्य लघुवित्तका सञ्चालक समिति अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन्।

दुई संस्थाबीच पुसभित्र एकीकृत कारोबार हुने भएको छ। दुई संस्था मर्जरपश्चात् उन्नति सहकार्य लघुवित्तको नामबाट सञ्चालन हुनेछन्।

रुपन्देही जिल्लामा केन्द्रीय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ।

हाल उन्नतिको चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्यको १ करोड ४० लाख रुपैयाँ रहेको छ।

उन्नतिले १स्१ अनुपात र सहकार्यले १:३ को अनुपातमा यसअघि पारित गरेको हकप्रद सेयर जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्