सबैको लघुवित्तको आइपीओ बाँडफाँड, २ साढेदुईलाखको भन्दा बढिको हात खालि

काठमाडौं, १० साउन । सबैको लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको आइपीओ आज शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलयमा भएको बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ३ लाख २ हजार १९२ जना आवेदक मध्ये ४९ हजार ५२५ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

कम्पनीको आइपीओ धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको हो । लघुवित्तको आइपीओमा परेको कुल आवेदनमध्ये ४५४ कोे आवेदन रद्द भएको छ ।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो । तनहुँको डुम्रे बजारमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्